सेनेटरी प्याड खरिदमा अनियमितता

आर्थिक वर्ष २०७८\०७९ मा नगरपालिकाका भित्रका विद्यालयहरूलाई वितरण गर्नका लागि नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा लाखौँ रकम अनियमितता गरिएको हो।

नेपालभ्युज

सेनेटरी प्याड खरिदमा अनियमितता

सुर्खेत। कालिकोट जिल्लाको खाडाँचक्र नगरपालिकाले सेनेटरी प्याड खरिदमा रकम अनियमितता गरिएको छ। आर्थिक वर्ष २०७८\०७९ मा नगरपालिकाका भित्रका विद्यालयहरूलाई वितरण गर्नका लागि नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा लाखौँ रकम अनियमितता गरिएको हो।

बजारमा एकमुष्ट खरिदमा एउटा सेनेटरी प्याडको बजार मुल्य रु.३० रुपैयाँदेखि रु.३५ सम्म पर्नेमा नगरपालिकाले खरिद गरेको प्याडको ४५ रुपैयाँ ९५ पैसा मूल्य परेको छ। नगरपालिकाको स्वास्थ्य शाखाले नेपालगन्जमा रहेको कलमा सर्जिकल र सुर्खेतको निमित्त सर्जिकलबाट सेनेटरी प्याड खरिद गरेको थियो।

खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले प्याड खरिदमै घोटाला गरेको छ। नगरपालिकाले १० लाख रुपैयाँको लागतमा १५ हजार प्याड खरिद गरेको स्वास्थ्य शाखा संयोजक रवीन्द्र सेजुवालले बताए।

१५ हजार प्याडको खरिद मूल्य हेर्ने हो भने ६ लाख ८९ हजार २ सय ५० रुपैयाँ हुन्छ। तर नगरपालिकाबाट १० लाख भुक्तानी भएको छ।

नगरपालिकाले प्याड खरिद गरेको छ त्यसको बजार मूल्य ३५ राख्ने हो भने, ५ लाख २५ हजार हुन आउँछ। नगरपालिकाले १० लाखमा खरिद गरेको प्याडमा ३ लाख १० हजार ७ सय ५० रुपैयाँ अनियमितता भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले २०७८ माघ २ गते खरिद गरेको प्याड आधारभूत र माध्यमिक विद्यालयमा वितरण गरिएको थियो । वितरण गरिएको प्याड पनि महिनावारी उमेर समूहका छात्राले पाउन सकेका छैनन्।

अहिले विद्यालयले प्याड विद्यालयको गोदाममा थन्काएर राखेका छन् । केही प्याड त मुसाको वासस्थान समेत भएको छ। नगरपालिकाले राखेका विद्यालय नर्सहरू नियमित विद्यालयमा नजाँदा छात्राले प्याड पाउन नसकेका हुन्।
कोटेसन माग गरेर प्याड खरिद गरिएको सेजुवाल बताए। उनले आफूहरूले १५ हजार प्याड १० लाखमा खरिद गरी विद्यालयहरूमा वितरण गरेको दाबी समेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved