कांग्रेस उपसभापति खड्काको जिल्लामा उम्मेदवारका लागि ११८ जना आकांक्षी

कांग्रेस उपसभापति खड्काको जिल्लामा उम्मेदवारका लागि ११८ जना आकांक्षी

सुर्खेत । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा पार्टीको आन्तरिक कलह मिलाउन संघ तथा प्रदेशसभामा धेरैको नाम सिफारिस भएको छ । आगामी कार्तिक ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि ११८ जनाको नाम सिफारिस भएको हो ।

दुईवटा संघीय निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा उम्मेदवारका आंकाक्षी धेरै देखिएका छन् । उपसभापति खड्कालाई संघीय प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं. १ मा एकल उम्मेदवारी सिफारिस गरिएको  छ । प्रतिनिधिसभा समानुपातिकतर्फ नरहरि भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस भएको छ ।

निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’ बाट प्रत्यक्षतर्फ चार जना समानुपातिकतर्फ नौ जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । प्रत्यक्षतर्फ केशरबहादुर ओली, खड्कबहादुर पोखरेल, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंह ठकुरी रहेको छन् । समानुपातिकतर्फ अनन्तप्रसाद उपाध्यक्ष पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पंज्ञाली र सुशिला कार्कीको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं. ख बाट प्रत्यक्षतर्फ सात जना र समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा प्रत्यक्षतर्फ अमृता शाही, भूपेन्द्रबहादुर चन्द, हरिप्रसाद शर्मा, लक्ष्मीदत्त पौडेल, मानबहादुर बुढा र ऋषिप्रसाद शर्मा रहेका छन् । समानुपातिकतर्फ झकबहादुर डाँगी, देवबहादुर चन्द, खगिसरा आचार्य, रेणु आचार्य ढकाल, कर्णबहादुर राना, हरिप्रसाद कँडेल, डण्डप्रसाद ढकाल, लितमति विक, टोपबहादुर दर्लामी, मनमाया आचार्य, ताराकेशर खड्का, नरबहादुर विक, प्रेमबहादुर विक, तीर्था वादी रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ भने १४ जना सिफारिसमा परेका छन् । प्रत्यक्षतर्फ पूर्णमन्त्री हृदयराम थानी, श्याम भारती, टीएन. योगी, निरञ्जन केसी, कमलबहादुर खत्रीको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ शिवराज जोशी, जानकी सिंह, गोविन्दबहादुर मल्ल, यज्ञ बिसी, धर्मराज गिरी, लोकबहादुर विश्वकर्मा, तिर्थजंग शाही, साधना घिमिरे, प्रेमप्रकाश खड्का, डम्बरदेवी उपाध्याय, यमुना सापकोटा, लालबहादुर चौधरी, हिक्मत ओली र धनादेवी विष्ट छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा क बाट प्रत्यक्षतर्फ नौ जनाको नाम सिफारिस भएको छ । गोविन्द कोइराला, काली शाक्य, कमल रेग्मी, तीर्थ शाही, बालदीप कँडेल, नारायण सापकोटा, हरि विष्ट, देवकुमार सुवेदी, कर्ण बुढा सिफरिसमा परेका छन् । समानुपातिकतर्फ २४ जनाको नाम सिफारिस गरिएको नेपाली कांग्रेससका जिल्ला सभापति खड्क पोरखेलले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ख मा प्रत्यक्षमा पाँच जना र समानुपातिकतर्फ २५ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ यज्ञबहादुर बिसी, टोपबहादुर रावत, उपेन्द्रबहादुर थापा, इन्द्रबहादुर रावल र कीर्तिराज जोशी छन् ।

समानुपातिकमा धनादेवी विष्ट, कमलबहादुर खत्री, कलाधर सापकोटा, गोर्खे कामी, छविलाल सिग्देल, डिल्लीराम पाठक, चन्द्रप्रसाद सापकोटा, शोभाकुमारी शर्मा, पूर्णबहादुर राना, तिलक मर्साङ्गी, अमृता सुनार, डम्बरदेवी उपाध्याय, नेत्रबहादुर शाही, अम्मरबहादर दानी, मोहनसिंह थापा, भक्तिप्रसाद पौडेल, रम्माकुमारी बिसी, निर्मला सापकोटा, नपनसिंह भण्डारी, चन्द्रा यादव, भीष्मराज हमाल, धर्मराज गिरी, हिम्मत ओली, यामलाल कँडेल, रामप्रसाद तिमिल्सिनाको नाम रिफारिस गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved