प्रचण्डद्वारा बहुप्राविधिक शिक्षालयको शैक्षणिक भवनको शिलान्यास

प्रचण्डद्वारा बहुप्राविधिक शिक्षालयको शैक्षणिक भवनको शिलान्यास

जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल महोत्तरीको बर्दिवास ११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको शैक्षणिक भवनको शिलान्यास गरेका छन् ।

कोरियाली सरकारको १ अर्ब ५ करोड सहयोगमा शिक्षालयको शैक्षणिक भवन निर्माण हुन लागेको हो । सीटीईभीटीबाट सञ्चालित मधेस प्रदेशस्तरीय शिक्षालयको नयाँ ४ वटा भवनको प्रचण्डले शिलान्यास गरेका हुन् ।

कोरियाली सरकारको सहयोगमा निर्माण हुने शिक्षालयको ४ वटा भवन अत्याधुनिक हुने शिक्षालयका प्रमुख रमण मेहेताले बताए । २०७५ सालमा स्थापना भएको शिक्षालयमा अहिले देशभरिका २८ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । प्राविधिक विषय पढाइ हुने शिक्षालयले अहिले ७ वटा कार्यक्रम सञ्चालन गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved