दाङमा बस दुर्घटना, १६ जना घाइते

नेपालभ्युज

दाङमा बस दुर्घटना,  १६ जना घाइते

दाङ । दाङमा ३० जना यात्रु सवार बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार चितवनको नारायणघाटबाट बर्दियाका लागि छुटेको ना ६ ख ९६७९ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ शिवखोलामा दुर्घटना भएको हो ।

शुक्रवार बेलुकी भएको सो दुर्घटनामा  घाइते भएका सबैलाई उपचारका लागि कोहलपुर लगिएको बताइएको छ ।

दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved