भू तथा जलाधार कार्यालय जुम्ला तत्कालीन कार्यालय प्रमुख श्रेष्ठसहित ६ जनाविरुद्ध मुद्दा दायर

नेपालभ्युज

भू तथा जलाधार कार्यालय जुम्ला तत्कालीन कार्यालय प्रमुख श्रेष्ठसहित ६ जनाविरुद्ध मुद्दा दायर

सुर्खेत । भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित सव–इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको छ ।

मुगु जिल्ला सोरु गाउँपालिका–४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्षसमेतले तटबन्ध निर्माणको लागि आएको तारको जाली बिक्री गरी रकम हिनामिना गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कार्यालय प्रमुख श्रेष्ठ र सव–इन्जिनियर दानबहादुर बुढ्थापाले तटबन्धन निर्माण गर्दा उपभाुक्ता अध्यक्ष, सचिव र कोषाध्यक्षसँग मिलेर नक्कली बिल भरपाई बनाएर १८ लाख १० हजार ८४ रुपैयाँ ९६ पैसा हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष हस्तवीर दमाईं, सचिव लोकजङ्ग दमाईं र कोषाध्यक्ष भीमलाल दमाई प्रहरी चौकी सोरुमा गएर जाली बगाएको नक्कली मुचुक्का बनाएको आधारमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

त्यस्तै, तत्कालीन वडाध्यक्ष डबले शाहीले प्रहरी चौकीले नक्कली मुलुक्का बनाउँदा साची बसेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved