विमलेन्द्र निधि समानुपातिकमा सिफारिस

नेपालभ्युज

विमलेन्द्र निधि समानुपातिकमा सिफारिस
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम  समानुपातिक तर्फबाट सिफारिस भएको छ । धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेस प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए ।

निधि यसअघिको निर्वाचनमा लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

यसपटक पनि आफूअनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेका थिए । त्यसको जानकारी उनले पार्टी सभापति शेरबहादुर देउवालाई गराइसकेका उनी निकट एक नेताले बताए ।

राजेन्द्र महतोले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा ३ सँगै सर्लाहीको ४ र २ मा पनि चुनाव लड्न प्रस्ताव आएको बताएका छन् । उनी कहाँबाट निर्वाचन लड्छन् भन्ने यकिन भइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved