शनिबार नयाँ रकेट प्रक्षेपण गर्दै नासा

नेपालभ्युज

शनिबार नयाँ रकेट प्रक्षेपण गर्दै नासा

काठमाडौं। नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट दोस्रोपटक प्रक्षेपण गर्ने भएको छ । हप्ताको सुरुमा परीक्षण उडान रद्द भएपछि शनिबार दोस्रोपटक रकेट प्रक्षेपण गर्न लागिएको हो ।

स्थानीय समयअनुसार सोमबार बिहान प्रक्षेपणको लागि योजना गरिएको थियो तर रकेटका चार आरएस-२५ इन्जिनमध्ये एउटामा प्राविधिक समस्या देखिएपछि प्रक्षेपण स्थागित गरिएको थियो ।

स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो। शनिबार प्रक्षेपण गर्न लागिएको अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ सातापछि प्रशान्त महासागरमा खस्ने नासाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved