को हुन् २५ लाख चिट्ठा पर्‍याे भन्दै ‘वाट्सएप’मा म्यासेज पठाउने ‘आकाश बर्मा’? साँच्चै देलान्?

पहिला पैसा खातामा हालिदिने भन्दै व्यक्तिगत गोपनीयता रहनुपर्ने नागरिकता, मोबाइल नम्बर, बैंक एकाउन्टलगायतका विवरण माग्छन्। सोही विवरणको आधारमा इन्टरनेट बैंक लग इन गर्छन् र मोबाइलमा आउने ओटीपी (वान टाइम पासवर्ड) मागेर खातामा पहुँच बनाएर पैसा आफ्नो एकाउन्टमा सार्ने गरेको पाइएको छ।

नेपालभ्युज

को हुन् २५ लाख चिट्ठा पर्‍याे भन्दै ‘वाट्सएप’मा म्यासेज पठाउने ‘आकाश बर्मा’? साँच्चै देलान्?
ग्राफिक्स- ईश्वर मजाकोटी

काठमाडौं। ‘‘बधाई हाम्रो प्यारो लक्की विजेता २०२२ को तपाईंको मोबाइल नम्बर ५ देशको इन्टलनेसनल कोभिड–१९ को लम्की ड्र २०२२ मा छनोट हुनुभएको छ। तपाईंले २५ लाख रुपैयाँ जित्नुभएको छ। तपाईंको विजेता फाइल नम्बर ११७७ रहेको छ। यदि, तपाईं यो पुरस्कार लिन चाहनुहुन्छ भने हाम्रो हेड अफिसमा आएर वा हाम्रो म्यानेजर आकाश बर्मालाई ह्वाट्सएप’मा सम्पर्क गर्नुहोला।’’

सल्लाघारी भक्तपुरकी भक्तपुरकी आरती बस्नेतलाई गत असारमा ह्वाट्सएप’मा आएको म्यासेज हो यो। २५ लाख रुपैयाँ पाउने म्यासेज देखेपछि उनी आश्चर्यचकित परिन्। न कुनै चिट्ठा खरिद गरेको न त कसैसँग यस्ता विषयमा कुराकानी गरेकी उनलाई अचानक चिट्ठा परेको भन्ने थाहा पाउन अचम्मितसमेत भइन्।

मेसेजमा भनिएजस्तै हेड अफिसका मेनेजर आकाश बर्मालाई म्यासेज गरिन्। लगतै ह्वाट्सएपमा अडिओ कल आयो। हिन्दी भाषामा बोल्ने पुरुषले बधाई दिए। आरती मख्ख परिन्। तर, उनलाई शंसय भने थियो। उताबाट भनियो ‘अगर आप इनाम लेंगे तो हमेंभी एक महिनेका फुल स्यालरी मिलेगा, अगर आप नहीँ लेंगे तो हमको नही मिलेगा। इसलिए हमने बार–बार आपसे इनाम लिनेके लिय आग्रह किया है।’’

तपाईंले पुरस्कार नलिएमा आफूले पनि एक महिनाको तलब नपाउने नियम भएको भन्दै आरतीलाई भनियो। आफूलाई चिट्ठा परेको र पैसा लिन पटक-पटक म्यासेज गर्नुको कारण थाहा पाएपछि आरतीलाई आशंका हट्यो। अब उनी आफूलाई परेको भनिएको २५ लाख रुपैयाँ लिन तयार भइन्।

 ‘खातामा २५ लाख झरिसकेछ की क्या हो’ भन्दै मक्ख हुँदै म्यासेज खोलिन्। म्यासेज पूरै पढिसकेपछि उनी छाँगाबाट खसेजस्तै भइन्। कारण थियो, पैसा आएको होइन। उनको खातामा भएको १ लाख ४० हजार रुपैयाँ उल्टै झिकिएको रहेछ।

पुरस्कार लिनको लागि बैंकको खाता नम्बर र नागरिकता नम्बर र नागरिकता अनुसारको जन्ममिति मागियो। २५ लाखको पाउने आशामा आरतीले मागिएअनुसार सबै दिइन्। केही बेरपछि फेरि मोबाइलमा ‘ओटीपी कोड’ म्यासेज आयो। लगतै आकाश बर्माले फेरि आरतीलाई फोन गरे। मोबाइलमा ओटीपी कोड पठाइदिने व्यक्ति आफू नै भएको भन्दै बर्माले कोड मागे ‘‘मैंने अभी आपको चार अंकोंका सन्देश भेजा था। बताओ वो नम्बर क्या है।’’ आरतीले पनि म्यासेज बक्स हेरेर कोड नम्बर बताइदिइन्। केही बेरै खातामा पैसा आउने भन्दै आकाश बर्माले फोन राखे।

एकै छिनमा आरतीको मोबाइलमा म्यासेज आयो। बैंकबाट आएको म्यासेज रहेछ। ‘खातामा २५ लाख झरिसकेछ की क्या हो’ भन्दै मक्ख हुँदै म्यासेज खोलिन्। म्यासेज पूरै पढिसकेपछि उनी छाँगाबाट खसेजस्तो भइन्। कारण थियो, पैसा आएको होइन। उनको खातामा भएको १ लाख ४० हजार रुपैयाँ उल्टै झिकिएको रहेछ। २५ लाखको प्रलोभनमा पर्दा उनले मेहनत गरेर कमाएको रकम गुमाइन्।

उनले चिट्ठा पाउने लोभमा ई-बैंकिङ सेवा प्रयोग गर्दै आएका बैंक खाता नम्बर, लगिन युजर आइडी र पासपोर्ट दिए। सोहीअनुसार विश्वास गर्दा आफ्नो खातामा भएको रकमसमेत गुमाए।

बालाजु बस्ने महेश चौधरी अहिले निकै तनावमा छन्। यसैगरी, ह्वाट्एपमा आएको म्यासेज विश्वास गर्दा उनले पनि पाँच लाख रुपैयाँभन्दा बढी नगद गुमाए। आफ्नो खाता प्रयोग गरेर अरू कसैले पाँच लाख रुपैयाँभन्दा बढी ‘ठगी’ कारोबार गरेपछि उनी मानसिक तनावमा परेका हुन्।

त्यसको लागि उनले चिट्ठा पाउने लोभमा ई-बैंकिङ सेवा प्रयोग गर्दै आएका बैंक खाता नम्बर, लगिन युजर आइडी र पासपोर्ट दिएका थिए। उनलाई पनि ह्वाट्एपमा आएको म्यासेजमा ‘म्यानेजर आकाश बर्मालाई’ सम्पर्क गर्न भनिएको थियो। सोहीअनुसार विश्वास गर्दा आफ्नो खातामा भएको रकमसमेत गुमाए।

डेढ महिनामा २५ जना ठगिए

यसरी चिठ्ठाको प्रलोभनमा परेर पैसा गुमाउने आरती र महेश मात्रै होइनन्। उनीजस्ता सयौँ जना छन्। उनी अहिले उपत्यका अपराध नियन्त्रण महाशाखामा दैनिक उजुरीहरू आउने गरेका छन्।

ठगी गर्ने गिराेहले पहिला पैसा खातामा हालिदिने भन्दै व्यक्तिगत गोपनीयता रहनुपर्ने नागरिकता, मोबाइल नम्बर, बैंक एकाउन्टलगायतका विवरण माग्छन्। सोही विवरणको आधारमा इन्टरनेट बैंक लग इन गर्छन् र मोबाइलमा आउने ओटीपी (वान टाइम पासवर्ड) मागेर खातामा पहुँच बनाएर पैसा आफ्नो एकाउन्टमा सार्ने गरेको पाइएको छ।

आर्थिक वर्ष २०७७/७८ मा सालमा ४४ जना ठगिएका थिए। ४४ जनाले कुल रकम १ करोड ३३ लाख ८० हजार ५ सय ५७ रुपैयाँ गुमाएका थिए। ठगिने क्रम २०७८/७९ मा झन् बढ्यो। अघिल्लो आर्थिक वर्षमा ठगिने १ सय १९ जना थिए।

आर्थिक वर्ष २०७७/७८ मा सालमा ४४ जना ठगिएका थिए। ४४ जनाले कुल रकम १ करोड ३३ लाख ८० हजार ५ सय ५७ रुपैयाँ गुमाएका थिए। ठगिने क्रम २०७८/ ७९ मा झन् बढ्यो। अघिल्लो आर्थिक वर्षमा ठगिने १ सय १९ जना थिए।

उनीहरूले १ करोड ९१ लख ४१ हजार ४ स य ६५ रुपैयाँ गुमाएका छन्। चालु आर्थिक वर्ष २०७९/८० को डेढ महिनामा समेत २५ जना ठगिएका छन्।

उनीहरू सबैलाई चिट्ठा परेको भन्दै ठगिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

को हुन् म्यासेजमा भनिएका ‘आकाश बर्मा’?

ह्वाट्एपबाट आउने म्यासेज सबैलाई एकै किसिमको आउने (स्पाम म्यासेज) पाइएको छ। ठगी गर्ने गिरोहले सबैलाई एकै म्यासेज फरवार्ड गरेको देखिन्छ।

म्यासेज पाउनेलाई विश्वासमा लिनको लागि उनीहरूले ‘म्यानेजर आकाश बर्मालाई सम्पर्क गर्न’ भन्दै आएका छन्। जसको सम्पर्क नम्बर ९८१८ ६७७३२२ भनिएको छ।

अहिले सो नम्बरमा डाइरेक्ट फोन लाग्दैन। तर, केही समयअघि भने सो मोबाइल नम्बरमा फोन गर्दा आफू चिट्ठासँग सम्बन्धित व्यक्ति नभएको बताएका थिए। आफूलाई धेरै जनाको फोन आएको बताउँदै हैरान भइसकेको बताए। केही महिनायता भने सो नम्बरको मोबाइल ‘स्विच अफ’ गरिएको छ। आकाश बर्माको भन्दै दिइएको फोन अरू कसै सर्वसाधारणको हुन सक्ने प्रहरीको अनुमान छ।

‘‘यस्तै डिजिटल माध्यमबाट ठगी धन्दा चलाउनेमा नेपाली नागरिकहरू पनि छन्। कतिपय भारतीय पनि छन्,’’ उनी भन्छन्, ‘‘चिट्ठा परेको भन्दै व्यक्तिगत विवरण मागेर खाताबाट पैसा चोर्नेहरू धेरै सक्रिय छन्।’’

उनको नम्बरबाट ठगी गर्ने गिरोहले थाहै नदिई ह्वाट्एप चलाएको हुनसक्ने आशंका छ। सो नम्बर ‘ह्वाट्एपमा भने अनलाइनमै’ देखिन्छ। ठगी गर्ने गिरोहले ‘आकाश बर्मा’ भन्दै कुनै एक नक्कली नाम उल्लेख गरेर म्यासेज पठाएको हुनसक्ने सक्ने प्रहरीको अनुमान छ।

अनलाइन ठगीका सञ्चालकहरू नेपाल तथा भारतमा बसी सोझा साझा नेपालीहरूलाई चिट्ठा परेको भन्दै ठगी गरिरहेको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई बताउँछन्।

‘‘यस्तै डिजिटल माध्यमबाट ठगी धन्दा चलाउनेमा नेपाली नागरिकहरू पनि छन्। कतिपय भारतीय पनि छन्,’’ उनी भन्छन्, ‘‘चिट्ठा परेको भन्दै व्यक्तिगत विवरण मागेर खाताबाट पैसा चोर्नेहरू धेरै सक्रिय छन्।’’

इन्टरनेट प्रयोगकर्ता नेपालीलाई सचेत गराउन सकिएन भने अनलाइन माध्यमबाट ठगी गर्नेको सञ्जाल झनै फैलने देखिने प्रवक्ता राई बताउँछन्।

सहरमा कल सेन्टर थापेरै पासोमा पार्छन्

नेपाल प्रहरीले पछिल्लो समय काठमाडौंलगायत केही सहरमा कल सेन्टरमा छापा मारेको थियो। केही व्यक्ति पक्राउ परे। नगद रुपैयाँ र सयौँ थान ल्यापटप तथा डेस्कटप कम्प्युटर बरामद भएको भयो। ‘अनलाइनमार्फत डिजिटल वालेट चलाएर उनीहरूले नेपाल, भारतलगायत विभिन्न मुलुकका व्यक्तिहरूलाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

भारतका कतिपय नागरिकलाई ऋणका लागि एप्लिकेसनमा लगइन गर्दै व्यक्तिगत गोपनीयता रहनुपर्ने आधार कार्ड, रासन कार्डलगायतका विवरण पनि लैजाने र पछि ई-बैंकिङ लगइन गरेर ठगी गर्ने गरेको खुलेको छ। काठमाडौं, पोखरा, बुटवल र चितवनमा अझै ठूलो सङ्ख्यामा यस्ता कल सेन्टर रहेको प्रहरीको अनुमान छ।

पक्राउ परेकाहरू कल सेन्टरका सञ्चालकहरू इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्न भएको बताइएको छ।

प्रविधिको विकास र समाजमा आएको परिवर्तनसँगै मान्छेका इच्छा–आकांक्षा बढ्दै गएका छन् र त्यही इच्छाआंकाक्षाले उनीहरू फसिरहेका छन्।

किन कोही ठगिन्छन् ?

सोझा र लोभीलाई प्रलोभनमा पारेर र झुक्क्याएर ठगी गर्ने क्रम बढेको छ। सोसल मिडिया साक्षरताको कमीले पनि धेरै जना ठगिएका छन्।

सोसल मिडिया कसरी प्रयोग गर्ने भन्ने साक्षरताको कमी हुँदा यसरी अनलाइनबाट ठगी या साइबर क्राइम बढिरहेको बताउँछन्, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता राई । ‘प्रविधिको विकास र समाजमा आएको परिवर्तनसँगै मान्छेका इच्छा–आकांक्षा बढ्दै गएका छन् र त्यही इच्छाआंकाक्षाले उनीहरू फसिरहेका छन्। सोसल मिडियामा आएका प्रस्तावलाई सजिलै विश्वास गरिदिँदा ठगिन लागिएको पाउँदैनन्’ उनी भन्छन्।

सामाजिक सञ्जाल प्रयोगकर्तालाई सोसल मिडियाबारे पढाउन आवश्यक रहेको उनी बताउँछन्। अनलाइनबाट हुने ठगी रोक्न पनि त्यस्तै सचेतनाको सन्देश आवश्यक रहेको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved