आज गणेश चतुर्थी, गणेशको विशेष पूजा आराधना गरिँदै

नेपालभ्युज

आज गणेश चतुर्थी, गणेशको विशेष पूजा आराधना गरिँदै

काठमाडौं । आज गणेश चतुर्थी भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चतुर्थी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूले मनाउने गर्छन् ।

आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ । आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक,जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड छ ।

गणेशलाई लड्डु चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वासअनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरू पुगेका छन् । कुनै पनि धार्मिक कार्य शुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजकै दिन गणेशको जन्म भएको शिव पुराणमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved