सल्यानबाट नेकपा एसले गर्‍याे प्रकाश ज्वालालाई प्रतिनिधिसभाका लागि एकल सिफारिस

सल्यानबाट नेकपा (एकीकृत समाजवादी)ले प्रकाश ज्वाला प्रतिनिधिसभाका लागि एकल उम्मेदवार सिफारिस गरेको छ। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला प्रतिनिधिसभा चुनावका लागि एकल सिफारिस गरेको हो। 

नेपालभ्युज

सल्यानबाट नेकपा एसले गर्‍याे प्रकाश ज्वालालाई प्रतिनिधिसभाका लागि एकल सिफारिस

सुर्खेत। सल्यानबाट नेकपा (एकीकृत समाजवादी)ले प्रकाश ज्वाला प्रतिनिधिसभाका लागि एकल उम्मेदवार सिफारिस गरेको छ। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला प्रतिनिधिसभा चुनावका लागि एकल सिफारिस गरेको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला पार्टीले ज्वालाको नाम सिफारिस गरेको छ।

२०७४ को चुनावमा ज्वाला सल्यान प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए। कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा योजनामन्त्री समेत रही सकेका उनले एमालेबाट फ्लोर क्रस गरेर माओवादीको सरकार टिकाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

बैठकले संघको समानुपातिकमा दुई जना दामोदर शर्मा र शान्ता हमालको नाम सिफारिस गरेको छ । प्रदेशसभा (क) मा लोकबहादुर डाँगी, प्रेमा अधिकारी र जीवन बिसी, प्रदेश सभा (ख) मा भद्रसिहं बुढा, शारदा परियार र हरि केसीको नाम सिफारिस गरेको पार्टी सचिव रमेशकुमार गौतमले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved