प्राधिकरणले सञ्चालनमा ल्यायो रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेसन

नेपालभ्युज

प्राधिकरणले सञ्चालनमा ल्यायो रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेसन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंगलबार एक कार्यक्रमका बीच चार्जिङ स्टेसनको उद्घाटन गरेकी छन् ।

विद्युत् खपत प्रवर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

देशका प्रमुख सहर तथा राजमार्गहरुमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरूको स्थापना गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार देशका विभिन्‍न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको छ । २६ वटा जीबीटी (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जरर २५ वटा सीसीएस (साना ठूला कारहरु) चार्जर रहेका छन् । जसका लागि आवश्यक एनएसपी (नेसनल सर्भिस प्रोभाइडर) प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ। एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन् । चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्सप्रयोग गर्न सकिनेछ ।

प्राधिकरणका अनुसार नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ। चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभीहरूमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved