प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन महासंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपालभ्युज

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन महासंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं : नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी विधेयक टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेल सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी चालु अधिवेशनमै विधेयक पास गर्न ध्यानाकर्षण गराएको हो ।

सञ्चारसम्बन्धी कानुन बनाउन नहुँदा पत्रकारहरूलाई दु:ख दिने घटना बढेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको महासंघका सचिव रोशन पुरीले जानकारी दिए । अब बन्ने कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघका प्रतिनिधिले जोड दिएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले महासंघले उठाएका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई फोन गरेर यो विषय टुङ्गो लगाउन निर्देशनसमेत दिइसकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महासंघका अध्यक्ष पोख्रेल सहित वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी थिए । महासंघको टोलीले सभामुख अग्निप्रसाद सापकोटाको पनि ध्यानाकर्षण गराउने जनाएको छ ।

 

May be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved