पश्चिम नवलपरासीमा रोकिराखेको गाडीमा आगलागी

नेपालभ्युज

पश्चिम नवलपरासीमा रोकिराखेको गाडीमा आगलागी

नवलपरासी। पश्चिम नवलपरासी रोकेर राखेको बसमा आगलागी भएको छ। जिल्लाको सरावल गाउँपालिका–२ स्थित मगरबुढामा

गएराति स्थानीय युवराज चौधरीको घरनजिकै बाटोमा पार्किङ गरेर राखेको लु. १ख ६६५४ नम्बरको बसमा आगो लागेको जिप्रका नवलपरासी पश्चिमका डीएसपी भोजराज पाण्डेयले बताए ।

प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले दमकल प्रयोग गरेर स्थानीयको सहयोगमा आगाे नियन्त्रणमा लिएका छन् । आगलागीबाट बसको भित्री भाग र सिसा नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पाण्डेयले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved