बुटवलमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

नेपालभ्युज

बुटवलमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

रुपन्देही । बुटवल उपमहानगर पालिका वार्ड ८ दीपनगर स्थित दीप बोर्डिङ हाई स्कुलका शिक्षकले कक्षा १० मा पढ्ने एक विद्यार्थीलाई घाइते हुनेगरी कुटपिट गरेका छन् । विद्यालयका कम्प्युटर विषयका शिक्षक एकराज गुरागाईंले कक्षा १० अध्ययनरत विद्यार्थी जेनित रायमाझीलाई कुटेपछि कान र घाँटीमा चोट लागेको छ ।

तिलोत्तमा वडा नं ५ घर भएका जेनित कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले कुटेको विद्यार्थीमा आमा चन्दा रायमाझीले बताइन् । छोरालाई शिक्षकले कुटेपछि अस्पताल लगेर उपचार गएकी छन् । छोरो बोल्न नसक्ने गरी घरमा आएपछि घटनाबारे बुझ्दा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आफूलाई उल्टै हप्काएको बताइन्। उनले भनिन ‘मैले शिक्षकले कुटेछन् बाबु घाइते भयो भन्दा प्राचार्यले अलिअलि कुटिहाल्छन् छन् यस्ता कुरा मलाई सुनाउने उल्टै मलाई हप्काए । मनोविज्ञानमा गम्भीर असर परेको छ । ‘

कक्षा ७ देखि सोही विद्यालयमा अध्ययन गर्दै आएका आफ्नो छोरा कुटिनु र घटनाबारे बुझ्दा उल्टै थर्काउने काम हुनु ‘दादागिरी’ भएको उनको आरोप छ । शिक्षकको कुटाइबाट घाइते भएका जेनितलाई अभिभावकले सुरुमा तिलोत्तमा क्रिम सन अस्पतालमा लगेका थिए । त्यसपछि, नाक टाँका घाटी रोग विशेषज्ञकहाँ लैजान भनेपछि लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालिमा उपचार गराएका थिए ।

कुटिएका जेनितलाई १५ दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । चिकित्सकका अनुसार कानमा चड्कन हान्दा जेनितको बङ्गारामा असर पुगेको छ । गाला सुन्निएको छ । उनलाई सामान्य जाउलो मात्र खुवाउन भनिएको छ ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले शिक्षक दुई थप्पड हानेको आफूले बुझेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved