कोरोना अपडेट : दुई सय २६ जनामा संक्रमण पुष्टि

नेपालभ्युज

कोरोना अपडेट : दुई सय २६ जनामा संक्रमण पुष्टि

काठमाडौं  ।  देशभर आज दुई सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार ११ परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज दुई सय २३ जना संक्रमणमुक्त  भएका छन् ।

सक्रिय संक्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको छ । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । संक्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा र मुगु रहेका छन् ।

होम आइसोलेशनमा तीन हजार ८६, संस्थागत आइसोलेशनमा एक सय ४९, सघन उपचार कक्ष (आइसियु) मा ४४ र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ३२ हजार दुई सय ९४ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved