कर्णाली प्रदेश : नवनियुक्त दुई मन्त्रीले लिए शपथ

कर्णाली प्रदेश : नवनियुक्त दुई मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका  छन् । सोमबार प्रदेश प्रमुख तिलक परियारले दुई मन्त्रीलाई शपथ गराए । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामीलाई आजै नियुक्त गरेका थिए ।

यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्रीको लागि सांसद शाह र कामीलाई सिफारिस गरेको थियो । अर्थमन्त्री बनेका शाह जाजरकोटबाट समानुपातिक सांसद हुन् भने कामी रुकुम पश्चिमबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved