अवहेलना मुद्दामा ७ दिनभित्र उपस्थित भएर जवाफ दिन बालेनलाई सर्वोच्चको आदेश

नेपालभ्युज

अवहेलना मुद्दामा ७ दिनभित्र उपस्थित भएर जवाफ दिन बालेनलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई न्यायालयको अवहेलना मुद्दामा जवाफ मागेको छ ।

उनीविरुद्ध परेको मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।

मेयर शाहको एउटा स्टाटसले न्यायालयको अवहेलना भएको तर्क गर्दै अधिवक्ता दिपकराज जोशीले सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका हुन् ।

बालेनले नर्भिक अस्पतालको जग्गा प्रकरणमा संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै स्टाटस लेखेका थिए । त्यसले अदालतको अवहेलना भएको भन्दै जोशीले मुद्दा हालेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved