नागरिकता विधेयक

राष्ट्रपति भण्डारीको परामर्श तीव्र, कांग्रेस र एमाले नेतृत्वसँग छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुसँग छलफल तिव्र पारेकी छन् । नागरिकता विधेयकबारे राष्ट्रपति भण्डारीले ठुला दलसँग परामर्ष अघि बढाएकी हुन् । सोमबार दिउँसो कांग्रेस पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा भेटवार्ता भएको छ ।

नेपालभ्युज

राष्ट्रपति भण्डारीको परामर्श तीव्र, कांग्रेस र एमाले नेतृत्वसँग छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुसँग छलफल तिव्र पारेकी छन् । नागरिकता विधेयकबारे राष्ट्रपति भण्डारीले ठुला दलसँग परामर्ष अघि बढाएकी हुन् ।

सोमबार दिउँसो कांग्रेस पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा भेटवार्ता भएको छ । राष्ट्रपतिले आजको भेटमा खुलेर कुरा नगरे पनि नागरिकता विधेयकबारे चासो राखेको सहभागी एक नेताले बताए ।

भेटमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले  अघिल्लो केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको विषयलाई नै समेटेर नागरिकता विधेयक सरकारले ल्याएको बताएका थिए ।

राष्ट्रपति भण्डारीले आसन्न निर्वाचनका विषयमा समेत चासो दिएकी थिइन् । निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गरेर मुलुकलाई गति दिनुपर्ने उनको भनाई थियो ।

राष्ट्रपति भण्डारीलाई भेट्न देउवासहित, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीले  सोमबार नै नेकपा एमालेका नेतालाई छलफलमा बोलाएकी छन् । अपरान्ह ५ बजे राष्ट्रपति कार्यालयमा आउन निम्ता आएको एमाले नेताहरुले बताएका छन् । अध्यक्ष ओलीको स्वास्थ्य त्यति राम्रो नभएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेता राष्ट्रपति कार्यालय जाने तयारीमा रहेको एक नेताले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved