रुकुम पश्चिममा पहिरोले पुरिएर आमाछोरीको मृत्यु

रुकुम पश्चिममा पहिरोले पुरिएर आमाछोरीको मृत्यु
पहिरोले गएपछि थलाराको अवस्था

सुर्खेत । रुकुम पश्चिमको आठबसकोट नगरपालिका–१४ को पिपलचौरमा पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ । पहिरोले सामुदायिक भवन भत्काउँदा जाजरकोटको नौलगाड नगरपालिका–१ की ३२ वर्षीया बालमती राना र उनकी छोरी २ वर्षीया बालिका प्रतीक्षा रानाको मृत्यु भएको हो ।

आइतबार दिउँसो अविरल वर्षाको क्रममा पिपलचौरस्थित छेपारे सामुदायिक वनको भवनमाथि पहिरो खस्दा उक्त भवनभित्र ओत लाग्न बसेका आमा–छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालमतीकी अर्की छोरी ७ वर्षीया तिर्सना राना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।
त्यस्तै, कालिकोट सन्नीत्रिवेणी गाउँपालिका शान्तिगाड खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ की ४५ वर्षीया पुतली सुनार रहेको प्रहरीले जनाएको छ ।

उनी घाँस ल्याउनका लागि जंगलमा जाने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved