सवारी दुर्घटनामा दिदी भाइले ज्यान गुमाए

नेपालभ्युज

सवारी दुर्घटनामा दिदी भाइले ज्यान गुमाए

बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा दिदी भाइको मृत्यु भएको छ । दुर्घटनामा तिलोत्तमा–३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उनका सात वर्षीय भाइ सुग्रीम खरालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाणले जानकारी दिए ।

आइतबार साँझ तिलोत्तमा नगरपालिका–६ गोरकटास्थित भित्री सडकमा लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा चार घाइते भएका छन् । उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved