केटीएम सिटी भारतमा पनि फैलिदै, सिलगुडीमा नयाँ आउटलेट

सिलगुढीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलिएको आउटलेट ५ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । यसअघि केटीएम  सिटिले भारतका विभिन्न ६ स्थानमा आउटलेट सञ्चालन गरिसकेको थियो ।

नेपालभ्युज

केटीएम सिटी भारतमा पनि फैलिदै, सिलगुडीमा नयाँ आउटलेट

काठमाडौं ।  स्वदेशी लुगा उत्पादन गर्दै आएको केटीएम सिटीले भारतमा पनि बजार विस्तार तिव्र पारेको छ । शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले पछिल्लो पटक भारतको सिलगुढीमा नयाँ आउटलेट खोलेको हो ।

सिलगुढीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलिएको आउटलेट ५ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । यसअघि केटीएम  सिटीले भारतका विभिन्न ६ स्थानमा आउटलेट सञ्चालन गरिसकेको थियो ।

भारतको राजधानी नयाँ दिल्लीको ब्यापारिक मलमा समेत आउटलेट खोल्ने तयारीमा रहेको केटीएम सिटीले जनाएको छ ।
काठमाडौंका विभिन्न स्थान तथा पूर्वको धरानदेखि पश्चिमको बुटवलसम्म केटीएम सिटीले आउटलेट सञ्चालन गरेर शुलभ मुल्यमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय लुगा उपलब्ध गराउँदै आएको छ ।

भारतीय बजारमा पनि गुणस्तरीय नेपाली ब्राण्डले सफलता प्राप्त गर्ने केटीएम सिटीको विश्वास छ । केटीएम सिटीले विज्ञप्तिमार्फत भनेको छ, ‘गुणस्तरीय लुगामा देशलाई आत्मनिर्भर बनाउँदै केटीएम सिटीले अन्तराष्ट्रिय बजारमा नेपाली ब्राण्डको रुपमा आफुलाई स्थापित समेत गर्न खोजिरहेको छ । भारतीय बजारमा केटीएम सिटीले राम्रो सफलता प्राप्त गर्ने विश्वास हामीले लिएका छौं ।’

नेपाली ब्राण्डको लुगा निर्यात गरेर देशको अर्थतन्त्रमै टेवा पुर्‍याउने आफूहरुको योजना रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको आधिकारिक किट पार्टनर हो । उसले भलिबल, ब्याडमिन्टन, मार्सलआर्ट, टेबल टेनिस लगायत सम्पुर्ण खेलको पोशाक उत्पादन र वितरण गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved