टीभीएसद्वारा धनगढी क्षेत्रमा ४० जना राइडरका साथमा एओजी राइडको आयोजना 

भदौ ११ गतेका दिन, धनगढीको बागेश्वरी अटोमोटिभ्स प्रा. लि.देखि स्टेट ७ होटल गोदावरीसम्म आयोजित उक्त राइड अन्तर्गत ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए।

नेपालभ्युज

टीभीएसद्वारा धनगढी क्षेत्रमा ४० जना राइडरका साथमा एओजी राइडको आयोजना 

काठमाडौं। लोकप्रिय दुई पाङ्ग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा आफ्ना ग्राहकवर्ग लक्षित आपाचे ओनर ग्रुप” (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ। भदौ ११ गतेका दिन, धनगढीको बागेश्वरी अटोमोटिभ्स प्रा. लि.देखि स्टेट ७ होटल गोदावरीसम्म आयोजित उक्त राइड अन्तर्गत ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए।

कार्यक्रम अन्तर्गत राइडमा युट्युब रुपेश विक, भ्लगर चिरञ्जीवी उपाध्याय र टिकटिकर लोकेश ठकुरी लगायतको सहभागिता थियो। उनीहरूले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टिभिएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुसी व्यक्त गरे। उनीहरूले राइडका क्रममा सडक सुरक्षा सम्बन्धी थप जानकारी समेत मिलेको बताए।

उनीहरूले भने‘‘यो हाम्रो लागि गर्वको कुरा हो। नेपालको चर्चित एवं पर्यटकीय स्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ। यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौँ।’’ त्यस क्रममा उनीहरूले आ–आफ्नो तर्फबाट मन्तव्य राखेका थिए।

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोसी, गण्डकी, लुम्बिनी र नारायणी च्याप्टरमा सम्पन्न गरिसकेको छ। यो अभियानमा सहभागीहरूले यसलाई उत्कृष्ट मनपराएको पाइएको छ। यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ।

गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चताको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved