फिलिपिन्समा कोरोना : एकै दिन २५ सय संक्रमित, ५४ को मृत्यु

नेपालभ्युज

फिलिपिन्समा कोरोना :  एकै दिन २५ सय संक्रमित, ५४ को मृत्यु
फाइल तस्वीर

मनिला । फिलिपिन्समा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा ५४ जनाको मृत्यु भएको छ । पछिल्लो समय फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या धेरै देखिएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ६५ जना नयाँ सङ्क्रमित भएका हुन् । योसँगै फिलिपिन्समा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ३८ लाख ७२ हजार चार सय पाँच पुगेको छ ।

दक्षिणपूर्वी एसियाली यस मुलुकमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने २९ हजार आठ सय सात रहेको छ ।

देशको स्वास्थ्य विभागले शनिबार दिएको जानकारी अनुसार फिलिपिन्समा अहिलेसम्म कोरोनाका कारण ६१ हजार छ सय १३ जनाको मृत्यु भएको छ । सिन्ह्वा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved