बालेनहरु डोजर लिएर निस्किसके अब ‘बा’हरुलाई विदा गरौं : रवि लामिछाने

काठमाडौंमा स्वतन्त्र पार्टीको सभा

लामिछानेले बालेन शाहको भने प्रशंसा गरे । बालेनहरु डोजर लिएर मैदानमा आइसकेकाले अब पुराना बाहरुलाई विदा गर्नुपर्ने उनको भनाई  थियो।

नेपालभ्युज

बालेनहरु डोजर लिएर निस्किसके अब ‘बा’हरुलाई विदा गरौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार खुलामञ्चमा सभा गरेको छ । प्रदेशस्तरिय कार्यक्रम सकेर  अन्तिममा उसले काठमाडौंमा सभा गरेको हो ।

सभामा अध्यक्ष रवि लामिछानेले बुढा नेतालाई अब विदा गर्नुपर्ने बताए । उनले पछाडि ‘बा’ भएका तीन जना नेता भन्दै शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नाम नै लिएर अब विदा गर्नुपर्ने बताएका हुन् ।

लामिछानेले बालेन शाहको भने प्रशंसा गरे । बालेनहरु डोजर लिएर मैदानमा आइसकेकाले अब पुराना बाहरुलाई विदा गर्नुपर्ने उनको भनाई  थियो।

रविले भने, ‘ केपी बा, देउवा र नानीका बाहरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन साह) डोजर लिएर निस्किसके ।’

उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति नयाँ पुस्ताले जान्न र सिक्न नहुने समेत बताए ।
गठबन्धन गरेर चुनाव लड्नु ठगी भएको दाबी गर्दै उनले एक्लै मैदानमा आउन चुनौति पनि दिए । लामिछानेले विभिन्न टुक्रा-टुक्रामा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको बताए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved