करिश्माविरुद्ध अदालत जाँदै निहारिका, सहयोगप्राप्त २० हजार पनि फिर्ता गरिन्

नेपालभ्युज

करिश्माविरुद्ध अदालत जाँदै निहारिका, सहयोगप्राप्त २० हजार पनि फिर्ता गरिन्

काठमाडौं। न्यायकाे माग गर्दै नाबालक छाेरा लिएर निरन्तर लडिरहेकी महोत्तरीकी ‘कुमारी आमा’ निहारिका राजपुतले नायिका करिश्मा मानन्धरविरुद्ध उजुरी दिने भएकी छिन्। आफ्ना निजी तस्बिरहरू सार्वजनिक गरेकाले करिश्मामाथि आजै साइबर क्राइमको मुद्दा हाल्ने तयारी गरेको निहारिकाले बताइन्।

अनशनस्थलमा पुगेर निहारिका र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहेको बताएकी करिश्माले केही दिनअघि निहारिका र आरोपित शिवराज श्रेष्ठका तस्बिरहरू सामाजिक सञ्जालमा राखेकी थिइन्। चरित्रहत्या गर्ने गरी आरोपितसँगको आफ्ना निजी तस्बिर विनाअनुमति सामाजिक सञ्जालमा सार्वजनिक गरेकोकाले मुद्दाको विकल्प नरहेको निहारिकाले बताएकी छिन्।

आफ्नो लडाइँ आफू र आफ्नो बच्चाका लागि मात्र नभई सम्पूर्ण कुमारी आमाहरूको हकका लागि हुने बताउँदै उनले अनशनमा रहेको बेला करिश्माले सहयोगका नाममा पठाएको २० हजार रुपैयाँसमेत फिर्ता गरेकी छिन् ।

आफू १७ वर्षको हुँदा शिवराजले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसैबाट जन्मेको छोरा २३ महिनाको भइसक्दासमेत न्याय नपाएपछि उनी न्यायका लागि निरन्तर लडिरहेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved