महानगरले भत्काउने भएपछि न्युरोड शाखाको अन्डरग्राउन्डमा रहेको नबिल बैंकमा ताला

नेपालभ्युज

महानगरले भत्काउने भएपछि न्युरोड शाखाको अन्डरग्राउन्डमा रहेको नबिल बैंकमा ताला

काठमाडौं। काठमाडौं महानगरपालिकाले नबिल बैंकको अवैध संरचना आज भत्काउने तयारी गरेको छ। अवैध रूपमा बेसमेन्टमा बनाइएको भन्दै न्युरोड शाखाको अन्डरग्राउन्ड भत्काउन लागेको हो।

महानगरले भत्काउने भएपछि न्युरोड शाखाको अन्डरग्राउन्डमा रहेको नबिल बैंकमा ताला लागेको छ । यद्यपि, बैंकको सम्पूर्ण कारोबार माथिल्लो तलामा भइरहेको बैंकले जनाएको छ ।

बुधबार न्युरोडमा महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले अनधिकृत रूपमा बनाइएको संरचना हटाउने क्रममा नबिल बैंकले पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा शाखा कार्यालय राखेको पाएपछि हटाउनका लागि निर्देशन दिइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved