दाङ–सल्यान सडक खण्ड अवरुद्ध, पहिरो हटाउने काम हुँदै

राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक अवरुद्ध भएको छ। दाङ–सल्यान सडक खण्ड अन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको हो।

नेपालभ्युज

दाङ–सल्यान सडक खण्ड अवरुद्ध, पहिरो हटाउने काम हुँदै
फाइ्ल तश्वीर

दाङ। राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक अवरुद्ध भएको छ। दाङ–सल्यान सडक खण्ड अन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको हो।

सडक अवरुद्ध भएपछि गाडी सञ्चालनमा आउन सकेका छैनन्। बिहानैदेखि गाडी रोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ।

पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved