अवैध संरचना हटाउने बालेनको अभियान जारी, कतै समर्थन, कतै अवरोध (फोटोहरू)

सडक मिचेर बनाइएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज बानेश्वर, बुद्धनगर तथा शंखमुल पुगेर यस्ता संरचना हटाउन निर्देशन दिएका छन्।

नेपालभ्युज

अवैध संरचना हटाउने बालेनको अभियान जारी, कतै समर्थन, कतै अवरोध (फोटोहरू)

काठमाडौं। सडक मिचेर बनाइएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ। आज पनि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बानेश्वर, बुद्धनगर तथा शंखमुल पुगेर यस्ता संरचना हटाउन निर्देशन दिएका छन्।

अवैध संरचनाहरू हटाउँदै हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई कतिपय ठाउँमा अवरोध गरिएको छ। व्यावसायिक भवनहरूले आफ्नो पार्किङ हुनुपर्ने भन्दै बालेनले पार्किङ गर्ने ठाउँको अवैध संरचना भत्काएरै छाड्ने बताएका छन्। कतिपय ठाउँमा भने समर्थन गरिरहेका छन्।

महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएको छ। हिजो मात्र काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर लगाएर अनधिकृत संरचना हटाएको थियो।


Comment

One thought on “अवैध संरचना हटाउने बालेनको अभियान जारी, कतै समर्थन, कतै अवरोध (फोटोहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved