अमेरिकाबाट दुर्गाको मूर्ति फर्काइँदै

नेपालभ्युज

अमेरिकाबाट दुर्गाको मूर्ति फर्काइँदै

काठमाडौं । अमेरिकाबाट पुरातात्विक महत्त्वको एउटा दुर्गाको मूर्ति नेपाल फर्काइने भएको छ ।

म्यानहटन जिल्लाको सरकारी वकिलको कार्यालयमा विशेष समारोह आयोजना गरी दुर्गाको १३.२५ इन्चको उक्त मूर्ति न्युयोर्कस्थित नेपालको महावाणिज्य दूतावासका अधिकारीलाई हस्तान्तरण गरिसकिएको छ । समारोहमा म्यानहटन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्रागले कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमलाई मूर्ति हस्तान्तरण गरे ।

१४ औंदेखि १८औं शताब्दी पुरानो अनुमान गरिएको उक्त मूर्ति १९६० मा काठमाडौं उपत्यकाबाट हराएको थियो । उक्त मूर्तिलाई सन् २०२२ को मार्चमा एक निजी घरमा लिलामीमा राखेको पाइएको थियो । त्यसको मूल्य करिब १२ हजार अमेरिकी डलर तोकिएको थियो ।

महावाणिज्य दूतावास, म्यानहटन जिल्ला महान्यायाधिवक्ताको कार्यालय, अमेरिकाको होमल्यान्ड सेक्युरिटी अनुसन्धान विभाग र नेपालको पुरातत्व विभागले यसको पुनः प्राप्तिमा सहयोग गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved