कर्मचारी समायोजनसम्बन्धी मुद्दामा सर्वोच्चको फैसला, लोकसेवालाई परीक्षा सञ्चालन गर्न बाटो खुल्यो

नेपालभ्युज

कर्मचारी समायोजनसम्बन्धी मुद्दामा सर्वोच्चको फैसला, लोकसेवालाई परीक्षा सञ्चालन गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्चको फैसलासँगै लोकसेवालाई परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ । सर्वोच्चको संवैधानिक इजलासले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा फैसला सुनाएपछि लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुलेको हो ।

यसअघि, लोकसेवा आयोगलाई परीक्षा रोक्नु भनी माग भएको रिट निवेदनलाई  कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले खारेज गरेको हो ।

प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले संघीय निजामती सेवामा नै आउन पाउनुपर्ने माग गर्दै दायर गरेको ९८ रिटमा संवैधानिक इजलासले मंगलबार फैसला सुनाएको हो । ९८ मध्ये कतिपय मुद्दामा रिट निवेदकको माग अनुसार आदेश जारी भएको छ भने कतिपय रिट खारेज भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved