कांग्रेसले ७७ वटै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को ?

नेपालभ्युज

कांग्रेसले ७७ वटै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को  ?
फाइल फाेटाे

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । भदौ १० गतेदेखि सुरु हुने ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि प्रतिनिधि खटाएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म ’जनताको साथमा कांग्रेस’ भन्ने अभियान घोषणा गरेको छ । पहिलो चरणको अभियान भाद्र १० देखि बीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सुरु हुने कांग्रेस प्रवक्ता डा‍. प्रकाशशरण महतले जानकारी दिए।

कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिनअगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन दिएको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ ।

कुन जिल्लामा को खटिए ?

ताप्लेजुङ्ग    :  आङ्गेलु शेर्पा

पाँचथर       :  प्रदीपकुमार सुनुवार

इलाम         :  महेन्द्रकुमारी लिम्बू

झापा          :  डिला संग्रौला

संखुवासभा : उमेशजंग रायमाझी

तेह्रथुम       :  लक्ष्मी परियार

भोजपुर      :  भीम पराजुली

धनकुटा     :  राजीव ढुंगाना

मोरङ        :  ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी      : अमृत अर्याल

सोलुखुम्बु   :  कल्पना चौधरी

खोटाङ      :  तारामान गुरुङ

ओखलढुंगा :  लक्ष्मी खतिवडा

उदयपुर     :  बलबहादुर केसी

सप्तरी       :  आनन्दप्रसाद ढुंगाना

सिरहा       :  महेन्द्रकुमार राय

धनुषा       :  नगिना यादव

महोत्तरी    :  मञ्जु खाँण

सर्लाही     :  दिनेशकुमार यादव

रौतहट    :  अजयकुमार चौरासिया

बारा         :  रमेश रिजाल

पर्सा         : पद्मनारायण चौधरी

दोलखा     : शान्ति परियार

रामेछाप   ;  हरिशरण नेपाली

सिन्धुली      :  दिलमान पाख्रिन

रसुवा         :  राजेन्द्र केसी

धादिङ       : मदनकृष्ण श्रेष्ठ

नुवाकोट     : मदनबहादुर अमात्य

सिन्धुपाल्चोक : बहादुरसिंह लामा

काभ्रे        :    रमा कोइराला

चितवन     : श्यामकुमार घिमिरे

मकवानपुर : उमेश श्रेष्ठ

भक्तपुर    : अम्बिका बस्नेत

ललितपुर  : नानु बास्तोला

काठमाडौं : जीतजंग बस्नेत

गोरखा    : ध्रुव वाग्ले

लम्जुङ    : शंकर भण्डारी

तनहुँ       : सुरेन्द्रराज पाण्डे

कास्की     : प्रदीप पौडेल

मनाङ      : गुरु बराल

मुस्ताङ     : कृष्णचन्द्र नेपाली पोखरेल

पर्वत         : चम्पादेवी खड्का

स्याङजा     : चिनकाजी श्रेष्ठ

म्यादी          : दिनेश कोइराला

बाग्लुङ        : अब्दुल सतार

नवपुर          : सरस्वती अर्याल

नवलपरासी : मानबहादुर नेपाली

रुपन्देही    : योगेन्द्र चौधरी

कपिलवस्तु : चन्द्रबहादुर केसी

पाल्पा        :अब्दुल रञ्जाक

अर्घाखाँची : गोविन्दराज पोखरेल

गुल्मी        : देवेन्द्रराज कँडेल

रुकुम (पूर्व) : धना खतिवडा

रोल्पा       : मैकुलाल बाल्मीकी

प्युठान    : जावेदा खातुन जागा

दाङ       : गोपाल दहित

बाँके       : दीपक गिरी

बर्दिया    : गेहेन्द्र गिरी

रुकुम (पश्चिम) : कृष्णकिशोर घिमिरे

सल्यान    : सीता देवकोटा

जुम्ला     : रंगमति शाही

मुगु        : कान्तिका सेजुवाल

कालिकोट : जानकी सिंह

जाजरकोट : सिताकुमारी राना

दैलेख       : राजीवविक्रम शाह

सुर्खेत       : सञ्जयकुमार गौतम

बाजुरा     : अर्जुनजंगबहादुर सिंह

बझाङ    : गोविन्दबहादुर शाह

डोटी       : नृपबहादुर वड

अछाम     : रणबहादुर रावल

दार्चुला     : यज्ञराज जोशी

बैतडी     : रमेश लेखक

डडेलधुरा : ईश्वरी न्यौपाने

कञ्चनपुर : रामजनम चौधरी

कैलाली   : एनपी साउद


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved