रुपन्देहीको सालझण्डीमा शंकास्पद वस्तु फेला

नेपालभ्युज

रुपन्देहीको सालझण्डीमा शंकास्पद वस्तु फेला

बुटवल। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपासहित ४ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिकरूपमा पनि देखिए को छ ।

बन्दका क्रममा रुपन्देही र कपिलवस्तुको सीमा सैनामैना नगरपालिकालिका ११ मा पर्ने कोठी जंगल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको छ ।

रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तु विस्फोटक पदार्थ हो होइन भन्ने यकिन गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराइएको इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

रुपन्देहीका बुटवल, भैरहवा, मणिग्राम, देवदह, मुर्गियालगायतका सहरी र ग्रामीण बजारहरू खुलेका छन् । सडकमा निजी सवारी साधनहरू पनि चलेका छन् ।  यद्यपि, सार्वजनिक सवारी साधन भने चलेका छैनन् ।

बन्दका कारण उद्योग, कलकारखाना सञ्चालन भएका छन्, तर विद्यालय र क्याम्पसहरूको पठनपाठन भने प्रभावित भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved