दाङमा एउटा टिपरमा आगजनी,  बन्दकर्ताले आगजनी गरेको आशंका

बबई खोलाको पुल नजिक बिहानै घोराहीबाट लमहीका लागि छुटेको रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको छ।

नेपालभ्युज

दाङमा एउटा टिपरमा आगजनी,  बन्दकर्ताले आगजनी गरेको आशंका
फाइल तश्वीर

दाङ।  दाङमा एउटा टिपरमा आगजनी भएको छ । बबई खोलाको पुल नजिक बिहानै घोराहीबाट लमहीका लागि छुटेको रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको छ। आगजनीका कारण टिपरको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए। बन्दकर्ताले टिपर आगजनी गरेको आशंका गरिएको उनले बताए ।

दाङमा बन्दको आंशिक प्रभाव परेको छ । छोटो दूरीका गाडी चलिरहेका भए पनि लामो दूरीका गाडी चल्न सकेका छैनन् ।  बन्दका कारण घोराही, तुलसीपुर, लमही, भालुवाङ मुख्य बजार बन्द छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved