इमर्जेन्सी कक्षमा कर्मचारीबाटै कुटिए चिकित्सक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा आकस्मिक विभागमा कार्यरत डा.करण साह कुटिएका छन्। उनलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन्।

नेपालभ्युज

इमर्जेन्सी कक्षमा कर्मचारीबाटै कुटिए चिकित्सक

सुर्खेत। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा आकस्मिक विभागमा कार्यरत डा.करण साह कुटिएका छन्। उनलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन्। घटना बिहीबारको भए पनि भिडियो भने शुक्रबार बेलुकादेखि सामाजिक सञ्जालमा भाइरल छ।

प्रतिष्ठानकै कर्मचारी शाही छोराको टाका काट्न भन्दै इमरजेन्सी विभागमा पुग्दा डा. साहले बिहान ११ बजेका लागि बोलाएपछि कुटपिट भएको हो।

सोही विषयमा उनीहरूबीच विवाद हुँदा शाहीले डाक्टरमाथि हातपात गरेको नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा. कमल थानीले जानकारी दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले पनि कर्मचारीले चिकित्सकमाथि हातपात गरेको बताए। सीसीटीभी फुटेजमा चिकित्सकमाथि हातपात भएको प्रष्टै देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved