प्रदीप गिरीको स्वास्थ्य अवस्था अझै स्थिर

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उनको परिवार स्रोतले जनाएको छ। गिरिका स्वकीय सचिव कृष्ण खनालले गिरीले शनिबार बिहानसम्म अवस्था स्थिर भएको र सुधारको संकेत नभएको जानकारी दिएका छन्।

नेपालभ्युज

प्रदीप गिरीको स्वास्थ्य अवस्था अझै स्थिर

काठमाडौंं। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उनको परिवार स्रोतले जनाएको छ। गिरिका स्वकीय सचिव कृष्ण खनालले गिरीले शनिबार बिहानसम्म अवस्था स्थिर भएको र सुधारको संकेत नभएको जानकारी दिएका छन्।

उपचारमा संलग्न एक चिकित्सकले पनि गिरी उपचाररत अवस्थामा नै रहेको जानकारी दिएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि एक साताभन्दा लामो समयदेखि गिरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत छन्। उनी घाँटीको क्यान्सरसम्बन्धी समस्याबाट पीडित छन्। पछिल्लो केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको छ। उनी यसअघि भारतमा उपचार गराएर फर्किएका थिए।

नेताहरु अस्पतालमै पुगेर गिरीको स्वास्थ्य अवस्थाबारे बुझिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved