‘बनौँ संस्कारी’ सार्वजनिक

‘बनौँ संस्कारी’ सार्वजनिक

काठमाडौं । बालबालिकालाई विद्यालयस्तरबाटै संस्कारयुक्त शिक्षा दिनुपर्छ भन्ने सन्देशसहित आज काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कुलमा ‘बनौँ संस्कारी’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, पुस्तकका लेखक डा राजु अधिकारी र स्कुलका संस्थापक निर्देशक तथा प्रिन्सिपल अन्जु भट्टराईले सो पुस्तक सार्वजनिक गरेका  हुन् । कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आगामी मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनमा असल र संस्कारी उम्मेदवारलाई छान्न आग्रह गरेका छन् । उनले भने, ‘आगामी निर्वाचन सम्पन्न गर्न मलाई उत्साह र चिन्ता दुवै छ, देश र आफ्नो भाग्य र भविष्य कोर्ने आउँदो निर्वाचनमा तपाईहरुले असल, निष्ठावान इमान्दार व्यक्तित्वलाई छान्नुहोस् ।’

प्रमुख आयुक्त थपलियाले स्थानीय तहले आफ्नो ठाउँको विशेषतालाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए । उनले अहिले गुम्दै गएको धर्म, संस्कृति, पूर्वीय संस्कार र मान्यतालाई जोगाउन यस्ता पुस्तक आवश्यक रहेको बताए । मुटुरोग विशेषज्ञ डा कोइरालाले मानिसमा मानवीय गुण र संस्कार छैन भने जीवन सार्थक हुन सक्दैन भने । उनले संस्कार छैन भने पैसा र भौतिक सम्पन्नताले मात्रै जीवनमा सुख नआउने बताए ।

पुस्तकका लेखक डा अधिकारीले वास्तविक रुपमा जीवन जिउने कलानै संस्कार भएको बताए । उनले शिक्षामा जतिनै डिग्री हासिल गरेपनि संस्कार नभए त्यसको कुनै अर्थ नहुने भनाइ राखे । प्रिन्सिपल भट्टराईले संस्कार छैन भने शिक्षाले पूर्णता पाउँदैन भने । उनले संस्कारले तर्क, विचार, सोच्न सक्ने क्षमता र बाँच्न सिकाउने ज्ञान दिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved