काठमाडौैं । जनता समाजवादी पार्टी नेपालले मंसिर ४ को निर्वाचनमा केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन दिएको छ । बालकुमारीस्थित एक पार्टी प्यालेसमा शुक्रबार सम्पन्न राजनीतिक समितिको बैठकले आगामी संघीय तथा प्रदेशको चुनावमा केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन दिएको हो ।
भदौ १ गतेदेखि सुरु भएको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका विभिन्न प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ । बैठकमा सातवटा विभागीय प्रमुख तथा अन्य सदस्यहरुको नाम सर्वसम्मतिले पास हुनुका साथै सातवटै प्रदेशका इन्चार्ज तथा सह इन्चार्जको नाममा सहमति जुटेको जसपाका एक नेताले जानकारी दिए ।
तीन दिनसम्म चलेको बैठकमा अध्यक्ष यादवको प्रस्तावमाथि ७० जनाले आ–आफ्नो धारणा राखेका थिए ।
Facebook Comment
Comment