सभामुख सापकोटाद्वारा कांग्रेस नेता गिरिको स्वास्थ्य लाभको कामना

नेपालभ्युज

सभामुख सापकोटाद्वारा कांग्रेस नेता गिरिको स्वास्थ्य लाभको कामना

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् ।

शुक्रबार साँझ  सामाजिक संजालमार्फत सभामुख सापकोटाले  गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

‘प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदिप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ उनले भनेका छन् ।

झन्डै एक महिनादेखि उपचाररत गिरिलाई स्वास्थ्य अवस्था जटिल भएपछि बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटरमा राखिएको छ । मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी साउन दोस्रो साता मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

प्रतिनिधि सभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदिप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । pic.twitter.com/QPZT6dss7g

— Agni Prasad Sapkota (@speaker_nepal) August 19, 2022


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved