गठबन्धन बैठक : साझा अवधारणा निर्माण गर्ने जिम्मा कार्यदललाई

नेपालभ्युज

गठबन्धन बैठक :  साझा अवधारणा निर्माण गर्ने जिम्मा कार्यदललाई

काठमाडौं । सत्तारुढ गठबन्धनले साझा अवधारणा निर्माण गर्ने जिम्मा  कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा सिट बाँडफाँड सम्बन्धी छलफल गर्न बसेको शिर्ष नेताहरुको बैठकले कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएको हो ।

बैठकमा  सिट बाँडफाँटका लागि बनेको ११ सदस्यीय कार्यदलले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेको थियो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा कार्यदलमा भएको छलफलको प्रगति प्रस्तुत भएको र नेताहरुले त्यसबारे धारणा राखेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved