प्रतिनिधि र प्रदेशसभाको पदावधि सकिनुपर्ने माग राख्दै दायर भएको रिट दर्ता

नेपालभ्युज

प्रतिनिधि र प्रदेशसभाको पदावधि सकिनुपर्ने माग राख्दै दायर भएको रिट दर्ता
फाइल फाेटाे

काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने  माग राख्दै सर्वोच्च अदालतमा दायर भएको रिट दर्ता भएको छ।

अधिवक्ता मनिराम उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

उक्त निवेदनलाई कामू मुख्यरजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरे पछि सो आदेशविरुद्ध उनले पुन‌ सर्वोच्च अदालतमै निवेदन दिएका थिए ।

न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले दरपीठ आदेश बदर गर्दै निवेदन दर्ता गर्नू भनी दिएको आदेशपछि  विहीबार सो   निवेदन दर्ता भएको हो ।

निवेदनमाथि आईतबार प्रारम्भिक सुनुवाई हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved