कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था जटिल

नेपालभ्युज

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था जटिल

काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका  नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

झन्डै एक महिनादेखि  उपचाररत गिरिलाई स्वास्थ्य अवस्था जटिल भएपछि बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ ।

नन् इन्भेसिभ भेन्टिलेटरमा राखी क्यान्सरको अन्तिम चरणको उपचार गराईरहेका उनको स्वास्थ्य अवस्था सुधार हुने सम्भावना  कम रहेको चिकित्सकले जनाएका  छन् ।

चिकित्सकका अनुसार गिरीलाई परिवारका सदस्यबाहेक अन्यलाई भेट्न दिइएको छैन।

मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी  साउन दोस्रो साता मेडिसिटी अस्पताल भर्ना भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved