हरिवनबाट १० लाख मूल्य बराबरको कपडा बरामद

नेपालभ्युज

हरिवनबाट १० लाख मूल्य बराबरको कपडा बरामद

मलंगवा । सर्लाहीको हरिवनबाट सशस्त्र प्रहरीले दश लाख मूल्य बराबरको कपडा बरामद गरेको छ। महोत्तरीको गौशालाबाट काठमाडौं जाँदै गरेको प्र.३-०१-००६ ख ०७४४ नम्बरको बस चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नं. १० गण सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिए ।

भन्सार कर तिरेको बिल बिजक नभएको बेबारिसे अवस्थामा रहेको २५ सय थान टि-सर्ट बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक खानियाले बताए ।

बरामद गरिएको टि-सर्टको अन्दाजी मूल्य १० लाख रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त कपडा जिल्ला भन्सार कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved