बाबुरामसँग तत्काल पार्टी एकता हुँदैन : प्रचण्ड

नेपालभ्युज

बाबुरामसँग तत्काल पार्टी एकता हुँदैन : प्रचण्ड
फाइल तस्वीर

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँग चुनावअघि पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।

नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलनमा सहभागी हुन शुक्रबार गोरखा आएका प्रचण्डले एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने उनले बताए ।

एकीकृत समाजवादीसँग भने पार्टी समायोजनका लागि समिति बनाउने तयारी भइरहेको उनले जानकारी दिए । वामपन्थी दलहरूबीच चुनावी मोर्चा बनाएर जाने विषयमा आफूहरूबीच छलफल अगाडि बढेको भए पनि को कहाँबाट उठ्ने टुंगो लागिनसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved