‘वडा जित्न नसक्ने नेताको चुरीफुरी बढ्यो’ : पूर्वमुख्यमन्त्री शाही

नेपालभ्युज

‘वडा जित्न नसक्ने नेताको चुरीफुरी बढ्यो’ : पूर्वमुख्यमन्त्री शाही

सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माओवादी केन्द्रमा वडा जिताउन नसक्ने नेताको चुरीफुरी बढेको बताएका छन् । माओवादीको स्थायी समितिमा नपरेपछि उनले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेखेर असन्तुष्टि जनाएका हुन् ।

माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकमा ४५ सदस्यीय स्थायी समिति घोषणा गर्दा शाही समेटिका थिएनन् । शनिबार राति सामाजिक फेसबुकमा पूर्वमुख्यमन्त्री शाहीले लेखेका छन् ‘नेकपा (माओवादी केन्द्र) मा वडा जिताउन नसक्नेहरूको चुरिफुरी नैतिकहीन राजनीतिको पराकाष्ठा ।’

उनीहरूले पार्टीमा आफूनिकटलाई नभएर क्षमता, दक्षता र पार्टीको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेता शाहीलाई स्थायी समितिमा मनोनयन गर्न नेतृत्वसँग माग पनि गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved