कांग्रेसमा सिन्धुपाल्चोक १ माओवादीलाई छाड्न नहुने दबाब बढ्दै

नेपालभ्युज

कांग्रेसमा सिन्धुपाल्चोक १ माओवादीलाई छाड्न नहुने दबाब बढ्दै

काठमाडौं  : नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिनाले सिन्धुपाल्चोक क्षेत्र नम्वर १ माओवादीलाई दिन नहुने बताएका छन् ।

उनले शुक्रबार विज्ञप्ती जारी गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्वर १ कांग्रेसकै भागमा राख्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । उक्त क्षेत्रमा काङ्ग्रेसले छोड्नुपर्ने र नेकपा (माओवादी केन्द्र)ले पाउनुपर्ने भन्ने आधार कसैगरी पनि न्यायोचित नदेखिएको उनको भनाइ छ ।

सिन्धुपाल्चोक १ मा स्थानीय तहको निर्वाचन मतपरिणामअनुसार वडाध्यक्षले पाएको मतमा काङ्ग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ छ। त्यस्तै, राप्रपाको २ हजार र नेकपा (एकीकृत समाजवादी) को १ हजार ६५० मत छ।

सोही जिल्लाका नेता कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले यसअघि पार्टी बैठकमै सिन्धुपाल्चोक १ माओवादीलाई छाडे विद्रोह गर्ने बताइसकेका छन् । सो क्षेत्रबाट सभामुख अग्नि सापकोटा निर्वाचित भएकाले माओवादीले दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved