पार्टीमा पदका निम्ति मात्रै प्रतिस्पर्धा भयो : प्रचण्ड

नेपालभ्युज

पार्टीमा पदका निम्ति मात्रै प्रतिस्पर्धा भयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा संघर्षमा जान होइन, पदका निम्ति प्रतिस्पर्धा हुने गरेको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेपनि अहिले त्यस्तो अवस्था नरहेको बताए ।
‘मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ । संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved