धनुषामा बसको ठक्करबाट एक बालकको मृत्यु

नेपालभ्युज

धनुषामा बसको ठक्करबाट एक बालकको मृत्यु

जनकपुरधाम । धनुषामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका वडा नं. २ का १३ वर्षीय विशाल दास रहेका छन् ।जनकपुरधामबाट नेपालगन्ज जाँदै गरेको ना. ५ ख १४४१ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

बिहीबार दिउँसो जनकपुरधाम–ढल्केबर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका २ नक्टाझिजस्थित हजराचौकमा साइकलमा सवार बालकलाई बसले ठक्कर दिएको थियो ।

दुर्घटनालगत्तै   गम्भीर घाइते बालकलाई जनकपुरस्थित जानकी हेल्थकेयर अस्पतालमा पुर्‍याइएकामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए। बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved