सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्न नपाउने

नेपालले केन्यासँग खेल्ने शृङ्खला र द सिक्स्टी प्रतियोगिता अगस्ट २५ तारिखदेखि नै सुरु हुने भएका कारण सन्दीपले उक्त प्रतियोगित खेल्न पाउनेछैनन् ।

नेपालभ्युज

सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्न नपाउने

काठमाडौं।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले वेष्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिताको पहिलो संस्करण खेल्न नपाउने भएका छन् । अगस्ट २५ तारिखदेखि सुरु हुने प्रतियोगिताको लागि सन्दीप जमैका तालाबाजमा आबद्ध रहेका थिए ।

द सिक्स्टी क्रिकेट २५ अगस्टबाट सुरु हुदैछ । नेपालले केन्यासँग खेल्ने शृङ्खला र द सिक्स्टी प्रतियोगिता अगस्ट २५ तारिखदेखि नै सुरु हुने भएका कारण सन्दीपले उक्त प्रतियोगित खेल्न पाउनेछैनन् । तर क्यारेबियन लिगको लागि भने सन्दीप केन्याबाट सिधै वेस्ट इन्डिज जानेछन् ।

नेपालले ५ खेलको टी-ट्वान्टी तथा ३ खेलको एकदिवसीय शृङ्खलाका लागि केन्या भ्रमण गर्दैछ । ५ खेलको टी-ट्वान्टीको कप्तानी सन्दीपले गर्नेछन् भने उपकप्तान रोहित पौडेलले एकदिवसीयमा टिमको कप्तानी गर्ने छन् । शृखलाका लागि नेपाली भदौ ७ गते केन्या पुग्ने तालिका छ ।

नेपालले केन्यासँग भदौको ९ देखि १४ तारिखसम्म ५ वटा टी-ट्वान्टी र १७ देखि २० गतेसम्म ३ वटा एकदिवसीय खेल खेल्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved