श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षे यसै महिना स्वदेश फर्कने, अमेरिकी ग्रिनकार्डको लागि आवेदन

भागेर माल्दिभ्स र सिङ्गापुर पुगेका श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले अमेरिकामा स्थायी बसोबासको लागि ग्रिनकार्डको लागि आवेदन दिएका छन् । अमेरिका जानको लागि उनले प्रक्रिया थालेका भारतीय सञ्चारमाध्यम एनडीटीभी हिन्दीले जनाएको छ ।

नेपालभ्युज

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षे यसै महिना स्वदेश फर्कने, अमेरिकी ग्रिनकार्डको लागि आवेदन
फाइल तश्वीर

कोलम्बो।  थाइल्याण्डमा रहेका श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे यसै अगस्ट महिनाको २५ तारिखमा स्वदेश फर्कने तयारी गरेका छन् । सुरक्षाको कारण देश छाडेका उनि केहि समयको लागि स्वदेश फर्कन थालेका श्रीलङ्काको पत्रिका डेली मिररले जनाएको छ ।

सुरक्षा चिन्ताको कारणले थाइल्यान्डमा सुरुमा अपेक्षित रूपमा हिँड्ने स्वतन्त्रता थिएन्। बैंकक पुगेपछि थाई प्रहरीले पूर्व राष्ट्रपतिलाई सुरक्षाका कारण घरभित्रै बस्न सल्लाह दिएको थियो ।

बैंकक पोष्ट अखबारले रिपोर्ट गरेको छ कि, पूर्व राष्ट्रपति हाल बसेको होटेल र स्थानको बारेमा खुलासा गरिएको छैन । राजापाक्षेको सुरक्षा सुनिश्चित गर्न विशेष शाखा ब्यूरोका सादा पोशाकका प्रहरीहरू तैनाथ गरिएको छ। यस महिना श्रीलंका फर्किएपछि मन्त्रिपरिषद्ले राजापाक्षेलाई सरकारी घर र सुरक्षा दिने विषयमा छलफल गर्ने  रिपोर्टमा भनिएको छ।

राजापाक्षे गत महिना माल्दिभ्स र त्यसपछि सिंगापुर गएका थिए । उनी मेडिकल भिसामा सिंगापुर प्रवेश गरेका थिए र सकेसम्म त्यहाँ बस्नको लागि दुई पटक म्याद थपेका थिए। उनको भिसा थप नबढाउन नसकेपछि राजापाक्षे र उनकी श्रीमती थाइल्याण्ड गएका थिए । थाई सरकारले तेस्रो गन्तव्यको टुङ्गो नलागेसम्म उनी त्यहीँ बस्न सक्ने आश्वासन दिएको छ । तर अब थाइल्याण्डमा उनको आवतजावतमा प्रतिबन्ध लगाइएपछि उनी स्वदेश फर्किनेछन् ।

यसैबीच, भागेर माल्दिभ्स र सिङ्गापुर पुगेका श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले अमेरिकामा स्थायी बसोबासको लागि ग्रिनकार्डको लागि आवेदन दिएका छन् । अमेरिका जानको लागि उनले प्रक्रिया थालेका भारतीय सञ्चारमाध्यम एनडीटीभी हिन्दीले जनाएको छ । उनले आफ्ना वकिललाई अमेरिका पठाएर ग्रिन कार्डको प्रक्रिया अघि बढाएका हुन् । गोटाबाया राजापाक्षेले सन् २००५ देखि २०१९ सम्म अमेरिकी नागरिक भएकाले ग्रिन कार्ड पाउन सजिलो हुन् सक्ने खबरमा उल्लेख छ ।  चुनाव लड्नको लागि भन्दै राजापाक्षेले सन् २०१९ मा अमेरिकी नागरिकता त्यागेका थिए । राजापाक्षे श्रीलङ्काको स्थल सेनाका सेवानिवृत्त कर्मचारी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved