कन्सर्टका लागि अर्थर गन नेपाल आइपुगे

नेपालभ्युज

कन्सर्टका लागि अर्थर गन नेपाल आइपुगे

काठमाडौं: अमेरिकी गायन रियालिटी शो ’अमेरिकन आइडल’ का उपविजेता नेपाली युवा अर्थर गन अर्थात् दिवेश पोखरेलले नेपालका सात शहरमा सांगीतिक प्रस्तुती दिने भएका छन् । टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो।

बुधबार आइपुगेका दिवेश एक महिना नेपाल बस्नेछन् । सांगीतिक प्रस्तुतिका साथै उनी नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रममा पनि सहभागी हुनेछन् । शनिबार काठमाडौंको क्लब प्लाटिनमबाट सुरु हुने उनको सांगीतिक प्रस्तुति अगस्ट २४ मा चितवन, अगस्ट २६ मा पोखरा र अगस्ट ३१ मा बुटवलमा हुनेछ ।

बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले आफुलाई सहयोग गर्ने सबै नेपालीलाई धन्यवाद दिएका छन् । उनले सकेसम्म धेरै जिल्ला भ्रमण गर्ने योजना रहेको सुनाए ।

सन् २०२० को अमेरिकन आइडलमा उपविजेता भएका उनी त्यसयता पहिलोपटक नेपाल आएका हुन्। उनी अमेरिकन आइडल अडिसनबाट चर्चित छन् जहाँ उनले बब डिलनको ’गर्ल फ्रम द नर्थ कन्ट्री’ र क्रीडेन्स् क्लियरवाटर रिभाइभलको ’ह्याब् यु एभर सीन द रेन’ नामक गीतहरू गाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved